आजको युग सूचना प्रविधिको युग भएको कुरालाई आत्मसाथ गर्दै इटहरी नगरपालिकाले विद्युतीय सूचना प्रविधिलाई अवलम्बन गरेको छ । नगरपालिकाको कि्रयाकलापहरु प्रति सबै सु सूचित हुन पाउने आधारभुत अधिकारलाई ध्यानमा राखि नगरका सम्पुर्ण गति विधीहरु विद्युतीय माध्यमद्धार सार्वजनिक गर्नका लागि नगरपालिकाले यो प्रविधि अपनाएको हो ।
स्थानीय निकायको हैसीयतले नगरपालिकाले गर्नु पर्ने विकास निर्माणका काम तथा सेवा प्रवाहलाई अझ बढी पारदर्शी र प्रमावकारी बनाई नगरको समग्र विकास निर्माणमा अत्यधिक जनसहभागितामा बृद्धि गर्दै समुन्नत नगर निर्माण गर्नको लागि नगरपालिका सबै तहबाट सहभागिता सल्लाह र सुझावको अपेक्षा समेत गर्दछ ।
इटहरी नगरपालिकाले शुरु गरेको यो प्रयासमा नगरपालिकाको वेव साइटको अत्यधिक प्रयोग गरी सेवा लिनका लागि म सबै सरोकारवालाहरु सँग हार्दिक अनुरोध गर्दछु । यहाँहरुको जिज्ञासा समाधान र सुझावलाई कार्यान्वयन गर्न नगरपालिका सधै तत्पर रहेको व्यहोरा समेत निवेदन गर्न चाहान्छु ।
धन्यवाद
कार्यकारी अधिकृत
